Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Monday, December 12, 2016

वनबाबा


खगिन्द्रा खुसी
त्यस भन्दा पछाडि थुप्रै स्टाटसहरु लेखें, फोटोहरु राखें, नयाँ स्टाटसहरुको थुप्रोभित्र पुरिइसक्यो त्यो स्टाटस । थुप्रै लाइक आएको थियो, कमेन्ट पनि आए तर मैले भनेजस्तो रिकमेन्ट दिन नपाउँदै नयाँ नयाँ थुप्रै फोटो र स्टाटसहरु राखिसकें अब कसैले लाइक र कमेन्टहरु गर्न छाडे तर पनि त्यही स्टाटसको विषयले मनलाइ तानी रह्यो । पुरानो भैसकेपछि तिनै कमेन्टहरुको मुनितिर अथ्र्याउन मन लागेन त्यसैले यो लेख तयार पारें ।
    प्रसङ्ग बनबाबाको हो,
२०७३÷८÷१७ गते पुहाँतुबारीमा रहेको नवप्रभात सहकारीले आफ्ना सेयर सदस्यहरुलाई अध्ययन भ्रमणमा लग्यो , पोखरा, मनकामना हुँदै मंसिर २० गते हाम्रो भ्रमण टोली देवघाट पुग्यो । नेपालको मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपरासी जिल्लाको मिलनविन्दुमा रहेको देवघाट अत्यत्नै सुन्दर प्राकृतिक दृष्यहरुले भरिपूर्ण ठाउँ रहेछ । एकातिरबाट त्रिसुली र अर्कोतिरबाट गण्डकी आएर मिसिएको ठाउँ दोभान भएपनि यो ठाउँ त्रिवेणीका नामले प्रसिद्ध रहेछ । हुन त यसमा बुढी गण्डकी, काली गण्डकी, मादी, दरौंदी, मस्र्याङ्दी लगायतका नौ वटा नदीहरु मिसिएर आएका रहेछन त्यसैले यही त्रिवेणीबाट तलको भागलाई नारायणी भनिएको रहेछ । अथाह पानी बोकेर पनि शान्त त्रिसुली र केही चन्चल गण्डकीको मिलन विन्दु दोभान वरपरको क्षेत्र देवघाटको नामले परिचित छ भने देवघाट नेपाल र भारतका धार्मिक पर्यटकहरुको आस्थाको केन्द्र भएपनि यसलाई बृद्धाश्रममाध्यम चिन्ने गरिएको छ । त्यहाँ धेरै तिरका बृद्धबृद्धाहरु भेट्न सकिन्छ । असहाय, व्यवहारिसे देखि लिएर अकुत सम्पत्तिका मालिकहरुले पनि बृद्धावस्था विताउनका लागि देवघाटलाई रोज्ने गरेका छन् । आफ्नो सम्पत्ति अनुसार सोखी जीवन विताउन पनि पाइने भएकोले सम्पत्ति भएकाहरुपनि इच्छाले नै त्यस ठाउँमा गएको पाइयो । अनेकन कथा व्यथा बोकेर आएका बृद्ध बृद्धाहरुलाई भेटेर उनीहरुका कथा व्यथा सुन्न खोज्नु हरेक देवघाट पुगेका मान्छेहरुको इच्छा हुन्छ । हामी पनि डुङ्गाबाट त्रिसुली तरेर डाँडामा भएको बृद्धाश्रमतिर लाग्यौं । दोभान देखि डाँडामा रहेको बृद्धाश्रम सम्म पुगुन्जेलमा थुप्रै अनौठा विषयहरुसँग साक्षात्कार गर्न पाइयो , १०८ वटा शिवलिङ्गमा आस्थाले पानी चढाउँदै शिवालय सम्म पुग्ने तिर्थालु, भक्तालुहरुको विश्वासप्रति नतमस्तक भएँ, अलि मास्तिर अघोरी वावाको समाधिस्थल रहेछ । अघोरी बाबाले आफ्नो जीवनमा थुप्रै मरेका मान्छेहरुको मासु खाए रे, पछि जीवनको उत्तरार्ध तिर लागेपछि भने मान्छेको मासु खाएकोमा पछुतो लागेर एक पटक हत्केला सम्मको र अर्को पटक कुहिना सम्मको भागलाई काटेर यज्ञमा हवन गरेका थिए रे । ती अघोरी बाबा मरेको २५ वर्ष भएछ । समाधिस्थलमा रहेको उनको मुर्ती, उनले वस्ने गरेका ठाउँहरुलाई पनि सुरक्षित गरेर राखिएको रहेछ, त्यो पनि अवलोकन गर्दै डाँडा तिर उक्लिँदा बाटामा रहेको विशाल अमारोको रुख रहेछ । धेरै पहिला खाएको अमोरोको स्वाद फेरि ताजा गराएँ भुइँमा झरेको अमारो खाएर ।
    हिंड्दै जाँदा जे जे आउँछ तिनै कुराहरुलाई हेर्दै हामी डाँडामा रहेको गलेश्वर आश्रममा पुग्यौं । आश्रमको आँगन जस्तो ठाउँमा यता उता पहेंला वस्त्रधारी बृद्धबृद्धाहरु हिंड्दै गरेका, वसिरहेका भेटिए । विहानको घाम तापेर बसिरहेकै अवस्थामा भेटिएका थिए वनवावा पनि । मैले सुरुमै उनको नाम सोधें । उनले नाम भने र नामलेनै उनिप्रतिको जिज्ञासा ह्वात्तै बढायो । हुनसक्छ उनले यही जिज्ञासाको लागि उनको नाम बनबाबा राखेका हुन् । जे भए पनि उनको नाम सुन्ने जो सुकैले किन बनबाबा? भन्ने प्रश्न राख्छन् नै । मैले पनि प्रश्न राखें । उनले सहजै उत्तर दिए“म उमेरमा वनवन डुल्थें, वनमै वस्थें, बाघहरु त मेरो काखमा आएर सुत्थे, घाँस खान्थें ।” उनीप्रतिको जिज्ञासा अझै बढ्दै थियो, तर अरु सबैकुरा सोध्नका लागि समय थिएन, १०६ वर्षको भएँ भन्ने बनबाबा सँग फोटो खिचेर अन्य ठाउँको भ्रमणमा निस्कियौं । फर्किए पछि वनवावासँगको फोटो सहित उनले भनेकै आधारमा उनको बारेमा लेखेर फेसबुकमा पोस्ट गरें ।
    त्यसमा थुप्रै कमेन्टहरु आए, थुप्रै लाइकहरु आए । प्राय सबैको प्रतिक्रियामा बुढाको बकवास, वाइयात, मनगढन्ते, हुनै नसक्ने कुरो जस्ता कुरा राखे । सिधा रुपमा हेर्दा सबैलाई लाग्ने कुरो यही नै हो तर यस्ता विषयहरुलाई सामान्य भन्दा पनि विषेश आँखाले हेर्नृु पर्छ जस्तो लाग्छ मलाई । हामी हाम्रो समाजको एउटा मान्छे जंगलमा वस्छ, घास पात, फलफुल खाएर बाँच्छ भन्दा अनौठो र गर्न नसक्ने र हुन नसक्ने कुरोे भनेर हाँसोमा उँडाउँछौं तर डिसकभरी र जोग्राफी च्यानलमा पहाड चडेका र जङ्गल पसेका कुरा हेरेर वहादुरी सम्झन्छौं, त्यसलाइ चैं विश्वास गर्छाैँ । ति वनबाबाले म सँग भनेका कुरा, जङ्गलमाबस्थें, घाँस खान्थें, बाघका बच्चालाइ काखमा खेलाउँथें भनेका कुरा सत्य हुन् या असत्य त्यो किटान गर्न सक्दिन । उनले त्यसो गरे गरेनन् त्यो भन्न सक्दिन तर उनले गरेका कुरा गर्नै नसक्ने विषय हुन् भनेर हाँसोमा उँडाउन चैं सक्तिन  । गलेश्वर आश्रममा आउनु भन्दा पहिला सुनेको अघोरी बाबाको कथा सत्य हो, त्यो दन्त्य कथाहैन, ति घटना सुन्ने देख्ने मान्छे अझै छन् । एउटा मान्छे आफ्नो हात काटेर यज्ञमा होम गर्न सक्छ भने एउटा मान्छे जङ्गलमा गएर जीवन व्यथित गर्न किन सक्दैन? सौराहामा आएर जङ्गली जनावरहरु हेर्न चितवन राष्ट्रिय निकुन्जमा जाँदा हाम्रो गार्डले हामीलाइृ सचेत गराए“जङ्गलमा बाघ भालु आउन सक्छन्, गैडा हात्ती आउन सक्छन् तर त्यसवेला चुपचाप रहनुहोला, जङ्गली जनावरलाई चलाउँदा, उनीहरुलाई दुःख दिँदा मात्र उनीहरुले आक्रमण गर्नेहुन् नभए केही गर्दैनन् । उनले त्यसो भनीरहँदा पनि मैले बनबाबाको बाघसँगको कथालाई यथार्थ हुनसक्ने सम्भावना देखेकि थिएँ । मान्छेले गर्न नसक्ने केही छैन उसको बुद्धी विवेक र चेतनाको प्रयोग गरेर संसारका जुनसुकै डरहरुलाई जित्न सक्छ मान्छे । मान्छे अरिंगल मौरी र खागोको गोलो खन्याएर पनि बाँचेको छ, बिच्छिलाइ मुखमा लाएर बाँचेको छ, अजिंगरले शरीर मसाज गरेको छ, बाघलाइृसाथि बनाएको छ,, सर्पलाइ माला लगाएको ।  के छ मान्छेले नगरेको? र आजको समयमा यी कुराहरु सुनेको भरमा विश्वास गर्नु पर्ने हैन प्रत्यक्ष टिभि, इन्टरनेटको माध्यमबाट प्रत्यक्ष देखिरहेकाछौं हामलिे । तर एउटा नेपाली बृद्धले उमेरमा जङ्गलमा बसें भन्दा विस्वास गर्न हामीलाई आफैलाई ंगलमाबसे जस्तो गाह्रो लाग्छ । घाँस खाएको कुरा पनि असत्य लाग्दैन मलाई किनकी हाम्रो गाउँ घरका पाखा भित्तामा थुप्रै छन् मान्छेले खाने घाँसहरु, मैले पनि खाएकी छु । मैले अघि नै चर्चा गरेको अमारो, अमारोको फल त मिठो, स्वादिलो हुन्छ नै तर त्यसको पात पनि खान हुन्छ, मान्छेहरुले त्यसलाई वफ्याएर, अचार बनाएर खाने गर्छन तर मैले त त्यसका कलिला पातलाई त्यसै खाएकी छु, धेरै पटक खाएकी छु । मैले मात्रै हैन मेरा गाउँका धेरैले खाएका छन्, अर्को घाँस भनेको, अमिल टाँकी पनिहो । अमिलो पात हुने अमिल टाँकीको कलिला पात मेरो र मेरा साथीहरुको वालककालका स्वादिलो खाजा हुन्थ्यो खेल्दाखेरिको, यसलाई पनि अचारका रुपमा खान्छन् मान्छेहरु, जङ्गलमा हुने अमिल डाँक्ले, कोइरालोको फूल, आदि थुप्रै छन् मान्छेले खाने घाँसहरु । जङ्गलमा पाइने तरुल फलफूल र यस्ता घाँसहरु खाएर जङ्गलमा बाँच्नका लागि गाह्रो छैन । म जंगलमा जीवन हुन्छ भन्ने कुरामा सहजै विश्वास गर्छु । त्यसैले ती बनबाबाले भनेको कुरालाई हाँसोमा उडाउन पनि सकिन र समाजमा बौद्धिक स्तरको उकालो चढ्नु भएका व्यक्तित्वहरुले सतही रुपमा गरेको कमेन्टलाइ यसै स्विकार्न पनि सकिन । त्यसैले यो लेखबाट त्यो स्टाटसको प्रतिक्रियाको प्रतिक्रिया लेखें ।

Thursday, November 17, 2016

















Saturday, September 3, 2016

आमा हरुसंग तीज २०७३/५/१८

आमा संग मात्र तीज मनाउदै आएकी मैले यस बर्ष आमासंग मात्र  हैन आमाहरुसंग तीज मनाए . आमा हरुसंग तीज मनाउदको आनन्द्नै फरक . कन्काइमाइ सुरुन्गाको राधाकृष्ण मन्दिरमा राधाकृष्ण मन्दिर वरिपरिका मन्दिरहरुमा अस्रय लिएर बसेका आमाहरुसंग तडक भडक बिनाको सादा र साँचो तीजको आनन्द लिएँ  . यस्तो तीज मनाउने अवसर दिनुभएको थियो नेपाल घर भएर हाल U K मा रहदै आउनु भएकी दिदि शारदा दाहाल र उहाका साथीहरुले . तीजको लहर चलिरहदा आफु UK मा रहेर राम्रो तीज मनाउन पाए तापनि कतिपय नेपाली आमाहरुले / महिला हरुले एकछाक खान पनि राम्रो नापाएको अवस्थामा थोरै भएपनि महिलाहरुलाई तीज खुवाउन पाएहुन्थ्यो भन्ने मनसाय बुझेपछि आमाहरु खोज्दै सुरुन्गाको राधाकृष्ण मन्दिर पुगियो र यो बर्षको तीजको दर बाडियो. दर सामान्यतया खाने खिर, dhakane, पुलाउ वा केहि खानेकुरा खाने खुवाउने चलन रहे तापनि एकछाक त्यहा खुवाएर छाडिदिनु भन्दा तीजको समय भरी खाना पुगोस भन्ने मनसायले २४  जना बृद्दा र १ जना अपांग महिलाहरुलाई ५/५  केजी जिरा मन्सुली चामल ५/५  केजी आटा आधा लिटर सनफ्लोवर तेल १ /१ थान रामनाम दोसल्ला हातमा रु ५० /५० अनि केरा र स्याउ सहित सबैलाई तीजको दर उपहार दिईयो . औपचरिक  कर्यक्रमका बिच सम्पन्न भएको उक्त कार्यक्रम को सभापतित्व मन्दिरका samraछ्य्क तथा कबि अनी प्रा.कोमल प्रसाद पोख्रेल्ज्युले गर्नु भएको थियो भने प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सङ्गठन सचिब नारायण प्रसाद ढकाल प्रमुख अतिथिरहनु भएको थियो . प्रमुख अतिथि, सभापति ले तीजको दर सामग्री  वितरण गर्नु भएको थियो भने खेमराज दाहाल ले सबैको हातमा रु.५०/५० राखिदिनु भएको थियो . दर सामग्री पाएर खुशिभएका बृद्धा आमाहरुले केहीबेर संगिनी भन्दै नाचेका थिए भने भजन गएर मन्दिरलाई मन्त्रमुग्ध्हा बनेका थिए . पण्डित उपेन्द्र खतिवडा , प्रमुख अतिथि नारायण प्रसाद ढकाल र सभापतिले आजको समयमा तीजको रंग भड्किलो भएको र निम्नस्तरका महिलाहरुलाई तीज मान्ने नसक्ने अवस्था रहेकोले हामीले आफैले भड्किलो बनाउदै उएको तीज हामी आफैले सच्याउनु पर्छ भन्ने विचार ब्यक्त गर्नु भएको थियो . कार्यक्रमको संचालन कार्यक्रमकी संयोजक खगिन्द्रा खुशी अर्थात म आफैले संचालन  गरेकी थिएँ . त्यहि कार्यक्रमका झलकहरु सहित यो समाचार