खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Sunday, May 22, 2016

धोविनी बाख्रो- कथा

धोविनी बाख्रो
                खगिन्द्रा खुसी“हैन आज यो बाख्रो चर्न गएन ?” दुवैहात पछाडि राखेर परबाट हेरेर सोधे बाबैले ।
“व्याउला जसतो छ अनि नपठाएको ।” आमैले उत्तर दिइन् । बाख्राको छेउमा गएर। वरिपरि घुमेर हेरे ।
“व्याउन त व्याउँछ होला पौंठा पनि वसिसकेछ । जात खाल त राम्रो हो राम्रो बोको पाइदे त हुन्थ्यो । यसपाली पनि पाठी पायो भने त लडेलाइ बेची दिन्छु ! वैला साँडे ! कत्ति समयपछि व्याउँदैछ !
धोविनी बाख्रो उठवस गर्न थाल्यो । बसेर कराउन थाल्यो ।
“यहाँ आइज न ए ! व्याउँछ जस्तो छ !”
आमै दगुरेर पुगिन् र झुम्रो डढाएर धुवाइदिइन् । आमै मनमनै सोच्छिन् । “बोको पायो भने त पालेर ठुलो पारेर बेच्छु र तिलौरो लगाउँछु । जो सुकैले जे सुकै भनोस् । कति वर्ष भयो बुचो घाँटि लिएर हिंडेको । म चैं सबैको अगाडि कति सानो भएर हिंड्नु? सुनै लाउन नसक्ने त छैनौं नि ! यत्रा बाख्रा छ्न ! एउटा एउटा बेचे त पुगी जान्छ नि भन्छन् सबै । यो पालीको बोको बेचेर चैं मै सुन लाउँछु ।” आमैको मनको योजना सकिएको थिएन ।
बाख्रो कराउँदा कराउँदै कराउनै नसक्ने भो । आमै आत्तिँदै बाबैको छेउमा गइन, बाबैले पानी फुकेर दिए आमैले लगेर त्यो बाख्रोलाइ दिइन् । बाख्रा बेस्सरी बल ग¥यो र एउटा सानो पाठो झा¥यो । आमै भुटभुटिन थालिन् । थुइया लडे ! तुहिएर मरिस् ! आमैेले पाठो पल्टाइन् । भुत्ला पनि नआएको, आँखै नभएको, आन्द्रा बाहिर निस्किएको पाठो देखेर आमैको ओठ मुख सुके । बाबै पनि आए ।
“थुक्क गोट्टि ! यत्रो समयपछि व्याएर पनि मरेको पाठो पाएछ ! डुवाइगयो नि! वर्वादै पा¥यो नि ! यसलाई भोली नै कसाइलाई नर्दिइ त कहाँ छाड्छु र ?”
 बाख्रोले मुन्टो भुइँमा लता¥यो । आँखा मधुरो बनायो । बाबैले टाउको उठाउँदै
“मर्छ कि के हो साँडे !? कसाइलाइत वोलाइहालौं पो जस्तो छ । मरिगयो भने त त्यै ४÷५ सयपनि पाइँदैन । यस्लाइ यत्तिका समयसम्म पालेको पनि उठ्दैन । आमैले मन नलागि नलागि गएर किम्मुका २,४ वटा हाँगा भाँचेर ल्याइदिइन । अरु पनि वाख्रा चरेर आएर धोविनी बाख्रोको वरिपरि उभिएर हेर्न थाले । आमै फलाक्दै बाख्रालाइ खोर तिर लखेट्न थालिन् । बाबै कसाइलाइ बालाउन गए । कसाइ विहान मात्रै आउने भएछ । बाख्रो रातभरी भोकै खोर बाहिरै बस्यो । भोलि पल्ट विहान कसाइ आएर विरामी बाख्रोलाइ घिच्रोमा समाएर उठायो । बाख्रो लुते भएर करङ सबै देखिन्थे । कसाइले तीनसय मोल्यो । बाबैले चारसय मागे । बसाइले बाख्रोलाइ घचेटेर मोल पत्ता लगाउन खोज्यो । बाख्रो भुइमा थेचार्रियो । बाबैले आमैलाइ हेर्दै “हुन्छ ! लैजा!” भनिदिए । बाख्रोले आँखा भरी आँसु पा¥यो र खोरतिर हे¥यो । खोरका बाख्रा कराउन थाले कसाइले बाख्राको घाँटीको दाम्लो समाएर घिस्याउन थाल्यो । खोरका बाख्रा सबै खोरको एकापटि भेलाभएर आवाज वाहिर ननिकाली भित्रभित्रै कराउँदै पर सम्म पुगुन्जेल हेरिरहे ......।


3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. कथा मार्मिक छ। याे कथा पढदा मलाइ कथाकार रमेश विकलकाे सिगाारी बाख्रीकाे कथा पढेकाे याद अायाे। मान्छेका मन कति स्वार्थी छ । अाफनाे मनले चिताएकाे पुगेन भने ढुगालार्इ देउता र देउतालार्इ ढुगाा बनाउन बेर लगाउदैन । पाठी र बाेका पाउनुमा बाख्रीकाे के देाष । सधेै मान्छेले अरूमा मात्र दाेष देख्छ। अाफुमा गुणै गुण । सकारात्मक साेचकाे अभाव छ अझै मान्छेमा । जीवन जिउने नाममा दाेष इश्र्या लाेप पालेर बसेकाे छ मान्छे । जसलार्इ सुधार गर्नु अावश्यक छ सुन्दर भविष्य जिउनका लागि।

    ReplyDelete