खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Monday, May 16, 2016

खगिन्द्रा खुशी शिखरिणी गजल

शिखरिणी गजल

नआओ पर्देशी घर दिन दिनै वन्द छ यहाँ।
सुगन्धी माटो मै अहह नमिठो गन्ध छ यहाँ।

थियो भाका यौटै सकल जनता जातहरुका,
सवै टुक्रा पारे सुर विसुरको छन्द छ यहाँ।

यि नेपाली आमा अनि शिखर उच्चा हिमगिरी,
बचाऊँ हे नेता तर किन ठुलो द्वन्द छ यहाँ।

र भोकै तिर्खै छन् गरिव जनता नै अझपनि,
अघाएका नेताभर सुख महानन्द छ यहाँ।







0 comments:

Post a Comment