यो अँध्यारो संसार, अजिंगर बनेर उसलाइ निलिरहेको छ । यो निर्जन घना जङ्गल अजिंगर भित्रका विषालु लेदो, विस्तारै विस्तारै घुल्लिँदैछन् साहिँलीका शरीर भित्र, लाट्टिदैछन् उसका अङ्ग प्रत्यङ्गहरु, आगोका काला लप्का ओकल्दैछ अँधेरोले । समयको कसिलो हातले निमोठेकोछ उसको घाँटी, निसास्सिएर समयको अँध्यारो पेटभित्र आवाज हीन बन्दैछे ऊ । उसलाइ एकपटक आमा !!! भनेर कराउन मन छ, मुख बाउँछे तर आवाज हीन शब्द निस्कन्छ मुखबाट “आमा......”
दिशा हीन, समय हीन र अव चेतना हीन जस्ती बन्दैछे साहिँली मुख वाएकी बायै हुन्छे । यो उसको रुवाइ हो । उसको घाँटिले आवाज फ्याँक्दो हो त यो डाको हुन्थ्यो, डाको छोडेर रुन्थी ऊ, तर उसको सुकेको घाँटिले डाको छोडेर रुन पनि दिएन । शरीर शक्ति हीन बन्यो थाम्न सकिन र मुढो जस्तो छोडिदिई जमिनमा आफ्नो शरीरलाइ ।
0 comments:
Post a Comment