खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Monday, May 16, 2016

खगिन्द्रा खुसी-गजल


उठेर हेर मिर्मिरे उषा नयाँ प्रभातमा।
भरीरहेछ जिन्दगी हरेक पात पातमा।

सुनाउँदैछ चिर्विरे चरी मिठो छ भावना,
रचेर गीत सूरले उठेर वास वासमा।

अझै छ जिन्दगी यहाँ नमार जोस हौसला,
बनिन्छ देश पूर्ण यो समाउ हात हातमा।

फुटेर चर्चरी चिरा–चिरा छ देशको धरा,
पुरौँ मिलाउँ प्रेमले मिलेर साथ साथमा।

0 comments:

Post a Comment