सपना
झुक्दै थें यो बगर बिचमा औंठि गुड्दै थियो रे।
टिप्दै थें त्यो पवन गतिमा लाज बग्दै थियो रे।
हे¥यौ तिम्रो नजर छ कडा प्यास उन्माद छर्ने,
पानी झैं भो तन सरमले श्वास बढ्दै थियो रे।
छाती मेरो ढुकढुक भयो फर्किएँ लौ पछाडि,
तान्दै चुन्नी सुन अब यता फर्क भन्दै थियौ रे।
आँखा मेरा गगन धरती चार चौरास दौडे,
कोही देख्ला वर पर भनी त्रासमा नै रहन्थे।
छोपी मेरा नयन रसिला हेर्न छाडेर सारा,
मात्रै मेरो मन कमलयो हेरिद्यौ है भन्यौ रे।
तान्यौ चुन्नी अमुक म बनी लाग्छु तिम्रो पछाडि,
जाँदै थ्यौं रे सलल सरिता माइ उँबो नछाडी।
काँ हो काँ त्यो झरर झरना झर्छ देखिन्छ छाँगो,
कस्तो राम्रो कलल धुनको गीत हो गुन्जिएको।
साह्रै सुन्दर अमर पुर त्यो स्वर्ग जस्तै सुनौलो,
भुल्याउँदै उस रमणमा प्रेम गर्छु भन्यौ रे।

0 comments:
Post a Comment