Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Tuesday, June 7, 2016

जीवनकाे अर्थ

जीवनकाे अर्थ जीतमा हैन हारमा बुझिन्छ
जीवन र मृत्युकाे मझधारमा बुझिन्छ
कहाँ थाहा हुन्छ बाेली सुनेर राम्राे नराम्राे ?
मान्छे त प्रेम भित्रकाे माैन अत्याचारमा बुझिन्छ

Friday, June 3, 2016

मुक्तक-खगिन्द्रा खुसी

देखियाे, माया प्रेम गाँसेकाे देखियाे
साइड मार्दै करेला नि हाँसेकाे देखियाे


अाशै हुन्न अर्काे काे त कुरै नगराैं
अाफ्नाले नै अाफ्नालाइ नासेकाे देखियाे




मुक्तक - खगिन्द्रा खुसी

भन प्रिय अझै अरू वात भन
कस्ताे लाग्याे बैंशालु याे मात भन


अाक्राेस् पाेख  उजेलीका पंख भरी
फर्कि अाअाेस नशालु त्यै रात भन






मुक्तक - खगिन्द्रा खुसी

भन प्रिय अझै अरू वात भन
कस्ताे लाग्याे बैंशालु याे मात भन


अाक्राेस् पाेख  उजेलीका पंख भरी
फर्कि अाअाेस नशालु त्यै रात भन






Thursday, June 2, 2016

गजल - खगिन्द्रा खुशी

सुनको घाम सुनको जुन सुनको जगत तिम्रो
मान्छे भन्दा धनी तिमी सुनको रगत तिम्रो

देसको माटो संजीवनी माटो जिन्दगानी
देस सोच्न चाहिन्न भो सुनको मगज तिम्रो

हावा खान्छु पानी प्युछु ढुंगा माथि सुत्छु
बाँचेकैछु चाहिदैन सुनको नगद तिम्रो

Tuesday, May 31, 2016

    यो अँध्यारो संसार, अजिंगर बनेर उसलाइ निलिरहेको छ । यो निर्जन घना जङ्गल अजिंगर भित्रका विषालु लेदो, विस्तारै विस्तारै घुल्लिँदैछन् साहिँलीका शरीर भित्र, लाट्टिदैछन् उसका अङ्ग प्रत्यङ्गहरु, आगोका काला लप्का ओकल्दैछ अँधेरोले । समयको कसिलो हातले निमोठेकोछ उसको घाँटी, निसास्सिएर समयको अँध्यारो पेटभित्र आवाज हीन बन्दैछे ऊ । उसलाइ एकपटक आमा !!! भनेर कराउन मन छ, मुख बाउँछे तर आवाज हीन शब्द निस्कन्छ मुखबाट “आमा......”
दिशा हीन, समय हीन र अव चेतना हीन जस्ती बन्दैछे साहिँली मुख वाएकी बायै हुन्छे । यो उसको रुवाइ हो । उसको घाँटिले आवाज फ्याँक्दो हो त यो डाको हुन्थ्यो, डाको छोडेर रुन्थी ऊ, तर उसको सुकेको घाँटिले डाको छोडेर रुन पनि दिएन । शरीर शक्ति हीन बन्यो थाम्न सकिन र मुढो जस्तो छोडिदिई जमिनमा आफ्नो शरीरलाइ ।