आमा संग मात्र तीज मनाउदै आएकी मैले यस बर्ष आमासंग मात्र हैन आमाहरुसंग तीज मनाए . आमा हरुसंग तीज मनाउदको आनन्द्नै फरक . कन्काइमाइ सुरुन्गाको राधाकृष्ण मन्दिरमा राधाकृष्ण मन्दिर वरिपरिका मन्दिरहरुमा अस्रय लिएर बसेका आमाहरुसंग तडक भडक बिनाको सादा र साँचो तीजको आनन्द लिएँ . यस्तो तीज मनाउने अवसर दिनुभएको थियो नेपाल घर भएर हाल U K मा रहदै आउनु भएकी दिदि शारदा दाहाल र उहाका साथीहरुले . तीजको लहर चलिरहदा आफु UK मा रहेर राम्रो तीज मनाउन पाए तापनि कतिपय नेपाली आमाहरुले / महिला हरुले एकछाक खान पनि राम्रो नापाएको अवस्थामा थोरै भएपनि महिलाहरुलाई तीज खुवाउन पाएहुन्थ्यो भन्ने मनसाय बुझेपछि आमाहरु खोज्दै सुरुन्गाको राधाकृष्ण मन्दिर पुगियो र यो बर्षको तीजको दर बाडियो. दर सामान्यतया खाने खिर, dhakane, पुलाउ वा केहि खानेकुरा खाने खुवाउने चलन रहे तापनि एकछाक त्यहा खुवाएर छाडिदिनु भन्दा तीजको समय भरी खाना पुगोस भन्ने मनसायले २४ जना बृद्दा र १ जना अपांग महिलाहरुलाई ५/५ केजी जिरा मन्सुली चामल ५/५ केजी आटा आधा लिटर सनफ्लोवर तेल १ /१ थान रामनाम दोसल्ला हातमा रु ५० /५० अनि केरा र स्याउ सहित सबैलाई तीजको दर उपहार दिईयो . औपचरिक कर्यक्रमका बिच सम्पन्न भएको उक्त कार्यक्रम को सभापतित्व मन्दिरका samraछ्य्क तथा कबि अनी प्रा.कोमल प्रसाद पोख्रेल्ज्युले गर्नु भएको थियो भने प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय सङ्गठन सचिब नारायण प्रसाद ढकाल प्रमुख अतिथिरहनु भएको थियो . प्रमुख अतिथि, सभापति ले तीजको दर सामग्री वितरण गर्नु भएको थियो भने खेमराज दाहाल ले सबैको हातमा रु.५०/५० राखिदिनु भएको थियो . दर सामग्री पाएर खुशिभएका बृद्धा आमाहरुले केहीबेर संगिनी भन्दै नाचेका थिए भने भजन गएर मन्दिरलाई मन्त्रमुग्ध्हा बनेका थिए . पण्डित उपेन्द्र खतिवडा , प्रमुख अतिथि नारायण प्रसाद ढकाल र सभापतिले आजको समयमा तीजको रंग भड्किलो भएको र निम्नस्तरका महिलाहरुलाई तीज मान्ने नसक्ने अवस्था रहेकोले हामीले आफैले भड्किलो बनाउदै उएको तीज हामी आफैले सच्याउनु पर्छ भन्ने विचार ब्यक्त गर्नु भएको थियो . कार्यक्रमको संचालन कार्यक्रमकी संयोजक खगिन्द्रा खुशी अर्थात म आफैले संचालन गरेकी थिएँ . त्यहि कार्यक्रमका झलकहरु सहित यो समाचार
Saturday, September 3, 2016
Sunday, August 7, 2016
gajal
आशा दियौ नयनको आँशु रोकेर आएँ
तिम्रो शहरमा सिङ्गो वस्ती बोकेर आएँ
माया र प्रेम सित्तै भावना हुन्छ सित्तै
यो ज्यानको परन्तु भाउ तोकेर आएँ
स्वतन्त्र जिन्दगानी स्वतन्त्र यो जवानी
बाँच्ने रहर पलायो रक्सी धोकेर आएँ
अस्मिता, स्वाभिमान्को मिच्छौ कि साँध मेरो
बारेर काँडेतार्ले चार् किल्ला ठोकेर आएँ















































