Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

Khagindra Khusi

♥♥♥

खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Thursday, June 2, 2016

गजल - खगिन्द्रा खुशी

सुनको घाम सुनको जुन सुनको जगत तिम्रो
मान्छे भन्दा धनी तिमी सुनको रगत तिम्रो

देसको माटो संजीवनी माटो जिन्दगानी
देस सोच्न चाहिन्न भो सुनको मगज तिम्रो

हावा खान्छु पानी प्युछु ढुंगा माथि सुत्छु
बाँचेकैछु चाहिदैन सुनको नगद तिम्रो

Tuesday, May 31, 2016

    यो अँध्यारो संसार, अजिंगर बनेर उसलाइ निलिरहेको छ । यो निर्जन घना जङ्गल अजिंगर भित्रका विषालु लेदो, विस्तारै विस्तारै घुल्लिँदैछन् साहिँलीका शरीर भित्र, लाट्टिदैछन् उसका अङ्ग प्रत्यङ्गहरु, आगोका काला लप्का ओकल्दैछ अँधेरोले । समयको कसिलो हातले निमोठेकोछ उसको घाँटी, निसास्सिएर समयको अँध्यारो पेटभित्र आवाज हीन बन्दैछे ऊ । उसलाइ एकपटक आमा !!! भनेर कराउन मन छ, मुख बाउँछे तर आवाज हीन शब्द निस्कन्छ मुखबाट “आमा......”
दिशा हीन, समय हीन र अव चेतना हीन जस्ती बन्दैछे साहिँली मुख वाएकी बायै हुन्छे । यो उसको रुवाइ हो । उसको घाँटिले आवाज फ्याँक्दो हो त यो डाको हुन्थ्यो, डाको छोडेर रुन्थी ऊ, तर उसको सुकेको घाँटिले डाको छोडेर रुन पनि दिएन । शरीर शक्ति हीन बन्यो थाम्न सकिन र मुढो जस्तो छोडिदिई जमिनमा आफ्नो शरीरलाइ ।


Monday, May 30, 2016

मुक्तक-खगिन्द्रा खुसी

छानी छानी फूल टिप्न दिन्छ वाटिकाले
 लाेभी पापी मनहरू किन्छ वाटिकाले
अहा सुन्दर सुन्दर तिमी नभने नि हुन्छ
असल खराव मनहरू चिन्छ वाटिकाले

Sunday, May 22, 2016

धोविनी बाख्रो- कथा

धोविनी बाख्रो
                खगिन्द्रा खुसी“हैन आज यो बाख्रो चर्न गएन ?” दुवैहात पछाडि राखेर परबाट हेरेर सोधे बाबैले ।
“व्याउला जसतो छ अनि नपठाएको ।” आमैले उत्तर दिइन् । बाख्राको छेउमा गएर। वरिपरि घुमेर हेरे ।
“व्याउन त व्याउँछ होला पौंठा पनि वसिसकेछ । जात खाल त राम्रो हो राम्रो बोको पाइदे त हुन्थ्यो । यसपाली पनि पाठी पायो भने त लडेलाइ बेची दिन्छु ! वैला साँडे ! कत्ति समयपछि व्याउँदैछ !
धोविनी बाख्रो उठवस गर्न थाल्यो । बसेर कराउन थाल्यो ।
“यहाँ आइज न ए ! व्याउँछ जस्तो छ !”
आमै दगुरेर पुगिन् र झुम्रो डढाएर धुवाइदिइन् । आमै मनमनै सोच्छिन् । “बोको पायो भने त पालेर ठुलो पारेर बेच्छु र तिलौरो लगाउँछु । जो सुकैले जे सुकै भनोस् । कति वर्ष भयो बुचो घाँटि लिएर हिंडेको । म चैं सबैको अगाडि कति सानो भएर हिंड्नु? सुनै लाउन नसक्ने त छैनौं नि ! यत्रा बाख्रा छ्न ! एउटा एउटा बेचे त पुगी जान्छ नि भन्छन् सबै । यो पालीको बोको बेचेर चैं मै सुन लाउँछु ।” आमैको मनको योजना सकिएको थिएन ।
बाख्रो कराउँदा कराउँदै कराउनै नसक्ने भो । आमै आत्तिँदै बाबैको छेउमा गइन, बाबैले पानी फुकेर दिए आमैले लगेर त्यो बाख्रोलाइ दिइन् । बाख्रा बेस्सरी बल ग¥यो र एउटा सानो पाठो झा¥यो । आमै भुटभुटिन थालिन् । थुइया लडे ! तुहिएर मरिस् ! आमैेले पाठो पल्टाइन् । भुत्ला पनि नआएको, आँखै नभएको, आन्द्रा बाहिर निस्किएको पाठो देखेर आमैको ओठ मुख सुके । बाबै पनि आए ।
“थुक्क गोट्टि ! यत्रो समयपछि व्याएर पनि मरेको पाठो पाएछ ! डुवाइगयो नि! वर्वादै पा¥यो नि ! यसलाई भोली नै कसाइलाई नर्दिइ त कहाँ छाड्छु र ?”
 बाख्रोले मुन्टो भुइँमा लता¥यो । आँखा मधुरो बनायो । बाबैले टाउको उठाउँदै
“मर्छ कि के हो साँडे !? कसाइलाइत वोलाइहालौं पो जस्तो छ । मरिगयो भने त त्यै ४÷५ सयपनि पाइँदैन । यस्लाइ यत्तिका समयसम्म पालेको पनि उठ्दैन । आमैले मन नलागि नलागि गएर किम्मुका २,४ वटा हाँगा भाँचेर ल्याइदिइन । अरु पनि वाख्रा चरेर आएर धोविनी बाख्रोको वरिपरि उभिएर हेर्न थाले । आमै फलाक्दै बाख्रालाइ खोर तिर लखेट्न थालिन् । बाबै कसाइलाइ बालाउन गए । कसाइ विहान मात्रै आउने भएछ । बाख्रो रातभरी भोकै खोर बाहिरै बस्यो । भोलि पल्ट विहान कसाइ आएर विरामी बाख्रोलाइ घिच्रोमा समाएर उठायो । बाख्रो लुते भएर करङ सबै देखिन्थे । कसाइले तीनसय मोल्यो । बाबैले चारसय मागे । बसाइले बाख्रोलाइ घचेटेर मोल पत्ता लगाउन खोज्यो । बाख्रो भुइमा थेचार्रियो । बाबैले आमैलाइ हेर्दै “हुन्छ ! लैजा!” भनिदिए । बाख्रोले आँखा भरी आँसु पा¥यो र खोरतिर हे¥यो । खोरका बाख्रा कराउन थाले कसाइले बाख्राको घाँटीको दाम्लो समाएर घिस्याउन थाल्यो । खोरका बाख्रा सबै खोरको एकापटि भेलाभएर आवाज वाहिर ननिकाली भित्रभित्रै कराउँदै पर सम्म पुगुन्जेल हेरिरहे ......।


Wednesday, May 18, 2016

वो राजधानी-हिन्दिमा


वो राजधानी

खगिन्द्रा खुसी
मे अन्जानी थी
जव पेहेलेवार आपके पास अरहिथी
मुझे डर था
मे खोजाउँगी आपके तनमे
सलवलाते हुवे लोगोके भीडमे
सागरमे बूँदकी तरा,
मगर आपने खोना नही दिया मुझे
आपने तो सम्मानके साथ उचाइमे रखदिया  मुझे,
सवसे उपर
और सवसे वढा दिखादिया
इसलिए केहेरहीहुँ
ओ राजधानी तुम मेरे प्रेमी वनगया
ये जमानेमे लोग स्वार्थके बगर
शान्त रहकर,
सेवा करके
जी नही सकता
वो सारेवात तुमनेही तो समझायाथा,
मुझे स्वार्थी बन्ना
हल्ला करके हल्लाके बीचमे रम्ना,
मतलवी और अवसरवादी बन्ना तुमनेही तो सिकाया था,
इसलिए सच केहेरहिहुँ,
ओ राजधानी आप मेरे प्रेमि वनगया
मे तो पेहेले से ही दिख्ती रहतिथी तुझे
आसमानके सितारोको तरा
आप चमकतेथे असमानके सितारोको तरा
आसमानमे रेहेकर
और मे दिख्तिथी आपके जग्मगाते हुए तनको
आपसे मिल्ना
आपके साथ रम्ना
ये सव कल्पनाके वाहरकी वात थी
मगर आया एक एसा बक्त
मे तेरेपास आइ,
मगर,
पेहेलेवार आपको देखकर कित्ना घवरागयीथी मे
दूर से जगमगाते हुए लगने आपका तन
नजदिक आकर देखतेही आपसे घृणा करने लगी थी मे
कित्ना सडाहुवा था आपका तन
वर्षो से साफ सुग्घर नही कियाहुवा आपका तनसे
निकला हुवा वो दुर्गन्ध
तिखे तिखे रुखी अवाज
छिः कित्नावार थुकी थी आपके तनमे
और गाली की थी घृणाभरी शब्दोसे
मगर आपने तो मेरे घृणाको कोही पर्वाह नही किया
मुझसे वेफिकर प्यार किया
इसलिये केहेरहिहुँ
ओ राजधानी तुम मेरे प्रेमी बनगया
मैने सुनी थि
राजधानी विनस्वार्थ जी नही सक्ता
पता नहीँ आपने मुझसे दिया हुवा प्यार
स्वार्थपूर्ण था या नही
जैसे भि हो आपने मुझे प्यार दिया
इसमे ही खुस थी मे
इसलिए आपसे अलग होकर जीना नही चाहती
मगर क्या करुँ धर्तीका लोगो
आसमानमे जीना
प्रकृतिके खिलाफ होसक्ता
इसलिए
वही खुसीया लेकर फिर जारहीहुँ मे ये आसमान से धर्तिपर
अव आपका और मेरा सम्बन्ध फिर
आसमान के सितारो और धर्तीके लोगोकी तरा ही रहेगा
अव तुम जगमगाते रहो अशमान पर
और मे दिखती रहुँगी तुझे हर रात ‍
मेरे धर्तिसे तेरे प्रेमी बनकर।